५ साउन, काठमाडौं । बंगलादेशको एक विद्यालय भवनमा भएको वायु सेनाको विमान दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । घटनामा ७० जना भन्दा बढी घाइते भएका छन् । बंगलादेश वायु सेनाको प्रशिक्षण विमान ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटना भएको थियो । उक्त विमान चीनमा बनेको एफ–७ जेट भएको इन्डिया टूडेले उल्लेख गरेको छ […]