८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अगाडि बढाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् । ‘सभामुख महोदाय, विगत ६ महिनादेखि राज्य व्यवस्था तथा सुशासन समितिमा थन्किएर रहेको अख्तियार सम्बन्धी महत्त्वपूर्ण विधेयकलाई समितिमा तत्काल छलफल गराउनका लागि सरकारलाई रुलिङ गरिदिनुहुन अनुरोध गर्दछु’ सांसद थानीले भने । […]