५ साउन, धनगढी । डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ । यादवको साथबाट घुसबापत लिएको नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ […]