१९ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सो प्रतिवेदन कार्यान्वयन गर्दै अर्थतन्त्र चलायमान बनाउने बताए । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले सरकारलाई यो प्रतिवेदन बुझाइसकेको छ । […]