८ साउन, काठमाडौं । नेपालले ३८औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन् । मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए […]