२१ वैशाख, काठमाडौं । बूढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् । बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा गोल्फुटार फुटबल मैदानमा शनिवार भएको फाइट नाइटको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो राउन्डमा नकआउट गरे । विजेता मिलनले १ लाख नेपाली रुपैयाँ प्राप्त गरे । यस्तै पराजित भएपनि असादाले भने […]