लामो समयको सन्नाटालाई चिर्दै सिनेमाघरमा ‘ऊनको स्वीटर’ले आक्रामक सुरुवात गरेको छ। देशव्यापी प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिन १९० शो पाएको थियो। काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्स र सिंगल थिएटरसम्म लगभग सबै शोमा दर्शकको उल्लेख्य उपस्थिति देखियो। शुक्रबार बिहानैदेखि सुरु भएको दर्शकको चाप राति अबेरसम्म कायम रह्यो। अधिकांश हलमा प्रायः सबै शो हाउसफुल भए। पहिलो दिनको […]