देउवाले यसअघि नै अर्थशास्त्री विश्व पौडेललाई गर्भनर बनाउन चाहे पनि जनतासँग प्रत्यक्ष जोडिने खालका जिम्मेवारी पाएर त्यसलाई राजनीतिक शक्ति निर्माणसम्म पुर्याउने महत्वाकांक्षावश उनी राष्ट्र बैंक जान तयार थिएनन् । तर यसबीचमा सत्ता गठबन्धनभित्र पैदा भएका उतारचढावका कारण उनै पौडेल रोजाइमा परेका छन् ।