१५ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडमा अनुबन्धन भएका नेदरल्याण्ड्सका खेलाडीहरू नेपाल आइपुगेका छन्। नेदरल्याण्ड्सका डानिक आर्डेमा, कर्स्टेन वेसेल्स र रोमी भिनस्ट्रा सोमबार नेपाल आइपुगेका हुन्। १७५ से.मी. अग्लो कदकी आर्डेमा एउटा अनुभवी सेटर हुन् जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन्। आर्डेमाले आफ्नो […]