२९ वैशाख, काठमाडौं । हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित लिमी-लाप्चा खण्डअन्तरगत न्यालु लेख खुलेको छ । नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जाेर तामाङका अनुसार बाक्लाे हिमपातले अवरुद्ध भएकाे ४,९९० मिटर उचाइमा रहेकाे न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छयाएपछि खुलाएको हो । पुस, मंसिर महिना परेकाे बाक्लाे हिमपातले न्यालु लेख बन्द भएपछि लिमी-लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन […]