काठमाडौं । लेखक तथा वैज्ञानिक जीवन प्रसाईंको ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ पुस्तक लोकार्पण भएको छ । शनिबार नेपालय पब्लिकेशन २० वर्ष पुगेको अवसरमा सो पुस्तकको लोकार्पण गरेको हो । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखक प्रसाईले सो पुस्तक तनाव, भागदौड, अवशाद र एक्लोपनले आजित पारेको व्यक्तिका लागि करुणा भाव राख्ने किसिमको रहेको सुनाए । […]