९ साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीये कमल कार्की, दैलेखको दुल्लु नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर ३ बस्दै आएका २१ वर्षीय ध्वनिल मल्ल र कमलबजार नगरपालिका‐८, घर भई हाल वीरेन्द्रनगर‐९ लाटीकोइलीमा बस्दै आएका २५ वर्षीय आर्यन शाह रहेका छन् । […]