बिचौलियाहरूको प्रभावमा परेर टेरामक्स प्रविधि खरिद भएको विषयमा पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनामाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्यो । प्राधिकरणले गरेको टेरामक्स प्रविधि खरिदमा मन्त्रीहरू किन जोडिए ? अख्तियारले के आधारमा मुद्दा चलायो ? यही प्रश्नका उत्तरहरू खोज्ने प्रयास यहाँ हामीले गरेका छौं ।