पोखरी सौन्दर्यकरणमा साढे ६ करोड खर्च, हेर्दा डम्पिङसाइट जस्तो
साढे ६ करोड खर्चेर सौन्दर्यकरण गरेको भनिएको पोखरी कुरुप छ । ठाउँठाउँमा जडान गरिएका बत्ती फुटाइएको छ । पोखरीको किनारामा बिछ्याइएको इन्टरलक ब्लक पनि फुटेका छन् । त्यहीँ फोहोर फाल्नाले पोखरी डम्पिङ्साइट जस्तो देखिन्छ ।