मखन टोल आगलागी घटना : छानबिन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन
उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन् । ३१ वैशाखमा मखनमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक महिलाको जलेर ज्यान गएको थियो ।