नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग ठूलो स्वास्थ्य चुनौतीका रुपमा देखा परिरहेको छ । सन् २०१९ मा स्वास्थ्य अनुसन्धान परिषद्लगायतले गरेको स्टेप सर्वेको तथ्यांकअनुसार नेपालमा करिब २९ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका छन् । अहिले यो संख्या बढेर ३२ प्रतिशत भन्दा बढी पुगेको विज्ञहरूको भनाइ छ । पछिल्ला दिनमा युवाहरूमा सुर्तीजन्य पदार्थको सेवन फेसन बनिरहेको र […]