काठमाडौं । २०८१ सालको व्यवसायिक सफल फिल्म ‘होस्टेल ३’का निर्माताले आगामी फिल्म ‘जेनेरेसन : बाउ भर्सेस छोरा’ बनाउने भएका छन् । पुस्तान्तर (जेनेरेसन ग्याप)को कथावस्तुमा बन्न लागेको फिल्मलाई सशान कँडेलले निर्देशन गर्नेछन् । अहिलेसम्म पदम तामाङ र सन्तोष बानियाँ कलाकारको रुपमा तय छन् । यी दुवैजनाले कँडेलको अघिल्लो फिल्म ‘होस्टेल ३’बाट डेब्यु गरेका थिए । […]