१० साउन, काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी)ले १७औं संस्करणको पुरुष एसिया कपको तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा टी-२० फर्म्याटमा हुनेछ। भारत र पाकिस्तानलाई समूह ए मा राखिएको छ जहाँ ओमान र आयोजक यूएई पनि छन्। भारत र पाकिस्तानबीचको प्रतिक्षित भिडन्त सेप्टेम्बर १४ मा हुनेछ। […]