१० जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एम को उपाधि प्रोफेशनल खेलाडी रामे मगरको टिमले जितेको छ। काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न भएको प्रतियोगितामा रामे मगरको टिमले कुल १२४ अंकसहित उपाधि जित्न सफल भयो। टिमका एमेच्योर खेलाडीहरू सत्यजोत रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ […]