११ जेठ, धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको […]