११ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी जेठ १५ गते देशव्यापी रुपमा गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । जनताका विरुद्धमा हुने कुनै पनि गतिविधि पार्टीका लागि स्वीकार्य नहुने पनि उनले बताए । […]