अन्नपूर्ण आरोहणको ७५ वर्ष : मौरिसको नाममा अन्नपूर्ण पदमार्ग, बुवाको पदचाप पछ्याउँदै आइपुगे छोरा
७५ वर्षअघि मौरिस हर्जोगले अन्नपूर्ण चढ्दा प्रयोग गरेको पदमार्गलाई उनकै नाममा समर्पण गर्न लागिएको छ । आधार शिविरमा हीरक महोत्सवको भव्य तयारी छ । कार्यक्रममा सहभागी हुन मौरिसका छोरा परिवारसहित नेपाल आएका छन् ।