हामीले रहर भएर आन्दोलन गरेका होइनौं । हाम्रो मागहरुलाई सरकारले वेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएका हौं । देशभित्र यति धेरै पूँजी लगानी गरेको सार्वजनिक यातायात क्षेत्रलाई मार्ने गरी सरकार अगाडि बढ्छ भने हामी बाँच्नकै लागि आन्दोलनमा होमिनुपर्छ । आन्दोलनको परिचालन समितिको मुख्य संयोजक म आफैं छु, मेरो नेतृत्वमा ५ सय १ सदस्य छन् । […]