राष्ट्रिय मानवअधिकार आयोगलाई २५औं वर्षको शुभ जन्मदिन लेखिरहँदा म सम्पूर्ण मानवअधिकारकर्मीहरूलाई आग्रह र विन्ती गर्न चाहन्छु— देशले यो अवसर पुन: पाउने छैन। यो अवसरलाई उत्साहका साथ लिइदिनुस् र हाम्रो देशमा अब कानूनको शासन; कुनै पनि व्यक्ति कानूनभन्दा माथि नहुने अवस्थातर्फ अगाडि बढ्न दिनुहोस्।