५ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपको तेस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता कन्फ्रेरेन्स लिगको उपाधि जितेको छ । पोल्याण्डको व्रोक्ल स्टेडियममा गएराती भएको खेलमा स्पानिस क्लब रियल बेटिसलाई ४-१ ले पराजित गर्दै पहिलो पटक कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो । चेल्ली युरोपको तीनवटै क्लब फुटबल प्रतियोगिताको उपाधि जित्ने पहिलो टिम समेत बनेको छ । […]