१५ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डको ए टिमसँग अभ्यास एकदिवसीय खेल खेल्दै छ । लिग २ अघि हुने दुई अभ्यास खेलअन्तर्गत पहिलो खेल बिहीबार दिउँसो पौने ४ बजेदेखि स्कटल्याण्डको फोर्फाशायर क्रिकेट क्लबमा हुनेछ । स्कटल्याण्डको ए टिममा केही सिनियर टिमका खेलाडीहरू पनि समावेश छन् । […]