विश्वमै पहिलोपटक रोबोटबीचको बक्सिङ प्रतिस्पर्धा भएको छ । करिब सवा चार फिट अग्ला ती रोबोटहरूले एक अर्कामाथि लात र मुक्काले आक्रमण गर्दै वास्तविक बक्सिङको झल्को दिएका थिए । विश्व रोबोट प्रतियोगिता नाम दिइएको सो प्रतिस्पर्धा चीनको हाङ्जाउ सहरमा आयोजना गरिएको हो । सो खेलको प्रसारण चीनको राष्ट्रिय प्रसारक चाइना सेन्ट्रल टेलिभिजन मार्फत गरिएको थियो । […]