१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वीरेठाँटी मुक्तिनाथको केबलकार निर्माण कार्य अघि बढाउने भएको छ । सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्दै उक्त केबलकार निर्माण कार्य अघि बढाउने भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन् ।