१५ जेठ, काठमाडाैं । सरकारले सुदूरपश्चिम प्रदेश स्थित धनगढीमा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०८२र ८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान सञ्चालनमा ल्याइने बताएका हुन् । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भइसकेको छ।