काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा गीतकार तथा संवाद लेखक गणेश सुवेदी नियुक्त भएका छन् । उनलाई विहिबार नै सदस्य पदमा नियुक्त गरिएको जानकारी संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अनलाइनखबरलाई जानकारी दिए । दिनेश डीसी (दिनेशराज दाहाल) अध्यक्ष रहेको बोर्डका अन्य दुई सदस्यमा सन्तोषबाबु लोहनी र वीरेन्द्रप्रसाद भट्ट छन् ।