१९ जेठ, काठमाडौं । क्यान्सर विजेताहरूले ३८औँ क्यान्सर सर्भाइभर दिवस मनाएका छन् । नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको आयोजनामा काठमाडौंमा यो दिवस मनाइएको हो । कार्यक्रममा क्यान्सर विजेता वरिष्ठ गायिका मीरा राणाले अहिले पनि क्यान्सर सुन्दा डर लागे पनि जित्न सकिने बताइन् । ‘४० कटेपछि चाहिँ महिलाले दुई वर्षको फरकमा मेमेग्राफ गराउनुपर्दो रहेछ’ राणाले भनिन् । […]