१९ जेठ, काठमाडौं । सोमबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै छ । डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।