१९ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन् । अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक हल्चोक पुगेको मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारीले बताए । ‘त्यहाँ सातै प्रदेशमा रहनु भएको सशस्त्र प्रहरीका बाहिनीपतिज्यूहरु […]