२० जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टट्टराईको बयान शुरु गरेको छ । १८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले गत आइतबारदेखि बयान थालेको स्रोतले बताएको छ । ‘दुई दिनदेखि उहाँलाई आयोगमा उपस्थित गराएर अनौपचारिक सोधपुछ गरी त्यसपछि बयान समेत […]