२० जेठ, काठमाडौं । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन् । गण्डकी प्रदेशविरुद्धको खेलमा रौनकले ११७ बलमा १६ चौका र १६ छक्कासहित २१७ रन बनाएका हुन् । लुम्बिनीले पनि ४५.४ ओभरमा अलआउट हुँदै ४०३ रनको कीर्तिमानी योगफल खडा गरेको छ । लक्ष्मण कुमालले ६० रन बनाए […]