काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभामा चलचित्र विधेयक पेश गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विधेयक पेश गर्दै प्रदेशको धार्मिक, सांस्कृतिक, भाषिक तथा भौगोलिक पहिचानलाई संरक्षण, संवर्धन र प्रचारप्रसार गर्ने लक्ष्यसहित विधेयक ल्याएको बताए । प्रदेशको सञ्चित कोषलाई बलियो बनाइ समृद्धि र सुशासन हासिल गर्नु विधेयकको मूल लक्ष्य रहेको उनले बताए । […]