समाचार

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी

News Image

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो । संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको हो । आदेशको अरु विवरण सार्वजनिक हुन बाँकी छ ।

TOP