१३ असोज, गुल्मी। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्। बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु. १ख ७७७६ नम्बरको बस सडकदेखि करिब ५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए। ईस्मा गाउँपालिका–४ बस्ने ४४ वर्षीय चालक वीरबहादुर […]