२२ जेठ, काठमाडौं । सृजन राज गौतमले नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका छन् । हङकङविरुद्ध भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । सृजन ८१औं मिनेटमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो पटक सिनियर टिममा पर्दा नै डेब्यूको अवसर पाए ।