वर्षाको मौसमले दम (आस्थमा) रोगीहरूका लागि स्वास्थ्य चुनौतीहरू थप जटिल बनाउँछ । यो मौसममा वातावरणमा बढ्ने चिसो, आर्द्रता, ढुसी, बाेटबिरुवाका पराग पुंकेशर, धूलो र तापमानको उतार–चढावले सास फेर्ने समस्यालाई थप जटिल बनाउन सक्छ । यस्ता परिस्थितिले दमको लक्षणहरू जस्तै खोकी, सास फेर्न गाह्रो हुने, छाती कसिलो हुने र घ्यारघ्यार आवाज जस्ता समस्यालाई बढाउन सक्छ । […]