२४ जेठ, बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । उनले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, अख्तियारले दाबी गरेजस्तो अनियमिततामा संलग्न नरहेको उनको भनाइ छ । गृहजिल्ला रूपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । […]