१२ साउन, काठमाडौं । उपसभामुख इन्दिरा राना चीनको ६ दिने औपचारिक भ्रमण गरी स्वदेश फर्किएकी छन् । साउन ६ गते चीन भ्रमणमा गएकी उनी आइतबार राति साढे ११ बजे काठमाडौं फर्किएकी हुन् । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म चीनको हेनान प्रान्तमा आयोजित सांघाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ्क’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन् […]