सुदूरपश्चिमको पर्यटकीय गन्तव्य दार्चुलाको अपी हिमाल बेस क्याम्पको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘अपी काव्ययात्रा’का लागि जेठ १२ गते हाम्रो टोली सुदूरपश्चिचमको यात्रामा निस्कियो । कवि तथा पत्रकार अभय श्रेष्ठको नेतृत्वको टोलीमा प्रभा बराल, कुमारी लामा, लक्ष्मी रुम्बा, शागर उदास, दिपेन्द्रसिंह थापा, घनश्याम खड्का, अनुपम रोषी, बल्कुराम पुन, घनश्याम पौडेल, शान्ति तामाङ अनि स्थानीय कवि, लेखक र पत्रकार थिए । गोकुलेश्वर बास बस्न पुग्ने लक्ष्यका साथ हाम्रो समूह काठमाडौंबाट हवाईमार्ग हुँदै […]