२५ जेठ, काठमाडौं । नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबालीले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाई भेट गरेका छन् । कार्यकाल सकेर स्वदेश फर्कनुअघि राजदूत एलगेबालीले राष्ट्रपति पौडेलसँग आइतबार शिष्टाचार विदाई भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेल र राजदूत एलगेबालीबीच नेपाल र गणतन्त्र इजिप्टबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो […]