२६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु बिन्दुु विवाद र समाधानका उपायबारे ललितपुरको खोकना र बुङमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले […]