१२ साउन, काठमाडौं । डेनमार्कमा सम्पन्न डाना कप २०२५ को बी-फाइनलमा ऐतिहासिक उपाधि जितेको नेपाली यू-१४ टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सम्मान गरेको छ। गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोलीले केन्यालाई ३–१ ले पराजित गर्दै डाना कपको उपाधि जितेको थियो। एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ […]