एप्पलको वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (WWDC 2025) सम्मेलन सुरु भएको छ । जुन ९ देखि १३ सम्म चल्ने सम्मेलनमा यसपटक कम्पनीले आफ्ना सफ्टवेयरहरुमा महत्वपूर्ण परिवर्तनका साथै आफ्ना प्रडक्टहरुमा नयाँ डिजाइन पनि ल्याएको छ । यसअघि २०२३ मा एप्पलले Vision Pro र २०२४ मा एआईमा आफूलाई केन्द्रित गरेकोमा यसपटक कम्पनीले सफ्टवेयरमा केन्द्रित अपडेट ल्याएको हो । […]