व्यावसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी गर्छन् तीनतलेका किसान
तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एक पटकमा न्यूनतम रु एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए । आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए ।