इराकबाट कर्मचारी फिर्ता बोलाउने निर्णय साँच्चैको खतराका कारण हो वा इरानलाई तर्साउनका लागि हो भन्ने स्पष्ट छैन । तर, इरानी रक्षा मन्त्री अजीज नासिरजादेले अमेरिकाले आक्रमण गरे आफ्ना मुलुक आसपासका क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरुलाई निसाना बनाउने चेतावनी दिएका छन् ।