समाचार

नागरिक सर्वेक्षण : नेतृत्वप्रति असन्तुष्टि, सार्वजनिक संस्थामा एकतिहाइ पनि छैन विश्वास

News Image

राजनीतिक नेतृत्वप्रति नागरिकको विश्वास अत्यन्त न्यून देखिएको छ । खासगरी बारम्बार सरकार परिवर्तनमा लाग्ने, भ्रष्टाचार, नातावाद र कृपावादलाई प्रोत्साहन गर्ने तथा नागरिकको आवाज बेवास्ता गर्ने नेतृत्वप्रति जनस्तरमा गहिरो असन्तोष देखिन्छ । नागरिकहरू अहिलेका मूलधारका राजनीतिक दल र तिनका पुराना नेतृत्वसँग असन्तुष्ट भए पनि ती दलले नयाँ र सक्षम नेतृत्व निर्वाचित गर्न सके ‘नयाँ’ र ‘पुरानो’ भन्ने विभाजनको भाषा आफैँ बदलिन सक्छ ।

TOP